दाङमा विवाहित महिला सम्पर्कविहीन, परिवारद्वारा खोजीका लागि सार्वजनिक अपिल
तुलसीपुर–८ निवासी बसन्ता कुमारी डाँगी २०८३/०१/११ गते बिहानदेखि बेपत्ता, गुरु प्रसाद के.सी. नामक व्यक्तिसँग गएको आशंका

दाङ जिल्ला तुलसीपुर उपमहानगरपालिका वडा नं. ८ निवासी श्रीमती बसन्ता कुमारी डाँगी मिति २०८३/०१/११ गते बिहान करिब ४:०० बजे देखि सम्पर्कविहीन हुनुभएको जानकारी प्राप्त भएको छ। परिवारका सदस्यहरूका अनुसार उहाँ घरबाट निस्किनुभएपछि हालसम्म सम्पर्कमा आउनुभएको छैन, जसका कारण परिवार अत्यन्त चिन्तित अवस्थामा रहेको छ।
आफन्तजनको बयान अनुसार उहाँलाई साथमा लैजाने / भगाउने व्यक्तिको नाम तथा उपनाम गुरु प्रसाद के.सी. रहेको बताइएको छ। उनी दाङ जिल्ला, तुलसीपुर उपमहानगरपालिका वडा नं. १०, घोराडबरा, नवलपुर दाङ गाउँ निवासी भएको तथा उनको पूरा नाम प्रकाश के.सी. रहेको जानकारी प्राप्त भएको छ। स्थानीय क्षेत्रमा उनी “घर्ती गाउले जेठो” नामले समेत चिनिने गरेको बताइएको छ।
परिवारका अनुसार घरमा साना बालबालिकाहरू बिचल्ली अवस्थामा रहेका छन्। हराएकी महिलाका श्रीमान् हाल वैदेशिक रोजगारीको सिलसिलामा मलेसियामा रहेका र उनले मिडियामार्फत खोजी तथा सहयोगको अपिल गर्नुभएको छ।
हराएकी महिलाको विवरण अनुसार उनको उचाइ ५ फिट ३ इन्च रहेको छ भने उनी नेपाली भाषा बोल्ने गर्दछिन्। उनका बुवाको नाम नन्दलाल खत्री र आमाको नाम चित्र कुमारी खत्री रहेको बताइएको छ।
यदि कसैले बसन्ता कुमारी डाँगीलाई कतै देख्नुभएको वा कुनै जानकारी पाउनुभएको भए तत्काल नजिकको प्रहरी कार्यालय वा तल उल्लेखित नम्बरमा सम्पर्क गरिदिनुहुन परिवारजनले हार्दिक अनुरोध गरेका छन्।
📞 सम्पर्क व्यक्ति: पिताम्बर डाँगी
📍 ठेगाना: तुलसीपुर–८, दाङ
सूचना प्रकाशन सहयोगः
“Khus Television News” (https://www.khustelevision.in
📱 मोबाइल नम्बरहरू:
+91 8699181244
+91 9872981511
+91 7986477288
📧 इमेल: jaruratkhabarsm@gmail.com






