टॉप न्यूज़
Trending

रोल्पाका हुकुम बहादुर डांगीलाई जीवन बचाउन सहयोगको अपिल

PGI Hospital, Chandigarh मा उपचाररत डांगीको हप्तामा दुई पटक डायलिसिस भइरहेको, Kidney Transplant का लागि करिब २० लाख रुपैयाँ आवश्यक

रोल्पाका हुकुम बहादुर डांगीलाई जीवन बचाउन सहयोगको अपिल

PGI Hospital, Chandigarh मा उपचाररत डांगीको हप्तामा दुई पटक डायलिसिस भइरहेको, Kidney Transplant का लागि करिब २० लाख रुपैयाँ आवश्यक

रोल्पा जिल्ला, त्रिवेणी गाउँपालिका–५ निवासी श्री हुकुम बहादुर डांगी हाल भारतको PGI Hospital, Chandigarh मा उपचाररत हुनुहुन्छ। उहाँको दुवै मिर्गौला (Kidney) गम्भीर रूपमा खराब भएपछि नियमित रूपमा डायलिसिस (Dialysis) भइरहेको परिवारले जनाएको छ।

हाल डांगीको हप्तामा दुई पटक डायलिसिस भइरहेको छ। प्रत्येक पटक डायलिसिस गर्दा करिब ₹10,000 (दश हजार रुपैयाँ) खर्च लाग्ने गरेको बताइएको छ। आर्थिक अवस्था अत्यन्त कमजोर भएका कारण उपचार खर्च व्यवस्थापन गर्न परिवारलाई निकै कठिन भइरहेको छ।

चिकित्सकहरूको सल्लाह अनुसार आगामी दिनमा Kidney Transplant गर्नुपर्ने अवस्था रहेको छ। Transplant तथा थप उपचारका लागि करिब ₹20,00,000 (बीस लाख रुपैयाँ) सम्म खर्च लाग्ने सम्भावना रहेको जानकारी परिवारले दिएको छ।

यस कठिन परिस्थितिमा परिवारले देश तथा विदेशमा रहेका नेपाली समुदाय, इष्टमित्र, आफन्तजन तथा मानवताप्रेमी सबैलाई सहयोगको लागि हार्दिक अपिल गरेको छ। “तपाईंहरूको सानो सहयोगले एउटा जीवन बचाउन ठूलो योगदान पुग्नेछ,” परिवारले जनाएको छ।

नेपाल तथा विदेशबाट सहयोग गर्न चाहने व्यक्तिहरूले Global IME Bank, Google Pay, PhonePe तथा Paytm मार्फत सहयोग गर्न सक्नेछन्। प्राप्त सहयोग रकमको सम्पूर्ण विवरण पारदर्शी रूपमा सार्वजनिक गरिने Khus Television News ले जनाएको छ।

सहयोग / Donation Details

📲 Google Pay | PhonePe | Paytm

+91 8699181244 / +91 8557929041

🏦 Global IME Bank

नेपाल बाट सहयोग गरौ

Account Name: Shobharam Oli

Account No.: 03309015001027

📢 “सास छँदा आस सबैलाई हुन्छ”

त्यसैले सबैले सकेको सहयोग गरौं।

— KHUS TELEVISION NEWS

Related Articles

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button
error: Content is protected !!