टॉप न्यूज़

भारतमा ४२ वर्षीय पिमलाल गौतम शर्मा ४० दिनदेखि सम्पर्कविहीन, परिवारको आपतकालीन सहयोगको अपिल

नागपुर रेलवे स्टेशन क्षेत्रबाट अचानक हराएका रोल्पाका पिमलाल शर्मा अझै फेला नपर्दा परिवार चिन्तित—उडिसाबाट शंकास्पद फोन आएपछि ठगीको आशंका।

भारतमा ४२ वर्षीय पिमलाल गौतम शर्मा ४० दिनदेखि सम्पर्कविहीन, परिवारको आपतकालीन सहयोगको अपिल नागपुर रेलवे स्टेशन क्षेत्रबाट अचानक हराएका रोल्पाका पिमलाल शर्मा अझै फेला नपर्दा परिवार चिन्तित—उडिसाबाट शंकास्पद फोन आएपछि ठगीको आशंका।

रोल्पा जिल्ला, लिबाङ नगरपालिका–६ निवासी ४२ वर्षीय पिमलाल गौतम शर्मा भारतमा ४० दिनअघि

अचानक सम्पर्कविहीन भएका छन्। २०८२ साल कार्तिक ४ गते भारतको महाराष्ट्र, नागपुर रेलवे स्टेशन क्षेत्र

बाट हराएको पुष्टि भएको परिवारले जनाएको छ।हराएको दिनदेखि अहिलेसम्म निरन्तर खोजतलास, प्रहरीमा रिपोर्ट दर्ता, र सामाजिक सञ्जालमार्फत

सूचना संकलन गरिरहेको परिवारले ४० दिन बितिसक्दा पनि कुनै प्रमाणिक सूचना नपाएको दुखेसो पोखेका छन्।

🔎 नागपुर प्रहरीमा Missing Report दर्ता यो घटनापछि आफन्तहरूले नागपुर महाराष्ट्र प्रहरी कार्यालयमा Missing Person Report

दर्ता गराइसकेका छन्।

महाराष्ट्र र उडिसाका विभिन्न स्थानमा परिवार आफैँ गएर खोजतलास गरिरहेका छन् तर

अहिलेसम्म कुनै ठोस पत्ता लागेको छैन।⚠️ उडिसाबाट शंकास्पद व्यक्तिको फोन – ५००० रुपैयाँ मागपरिवारका अनुसार केही दिनअघि उडिसाबाट आएको एक फोन कलले स्थिति झन् जटिल बनाएको छ।

फोन गर्ने व्यक्तिले आफूलाई प्रहरी भएको दाबी गर्दै—पिमलाल गौतम शर्मा हाम्रै स्थानमा छन्। लिन ५००० रुपैयाँ पठाउनुहोस्।”भनी रकम मागेको थियो।

रकम तुरुन्त उपलब्ध नभएको बताएपछि सो व्यक्तिले फेरि—

“पहिले २२५० पठाउनुहोस्, QR कोड पठाइदिन्छु।”

भनी दबाब दिएको परिवारले बताएको छ।

ठेगाना नदिने, स्पष्ट विवरण नहुने, बारम्बार रकम माग्ने जस्ता गतिविधिले

परिवारले यो घटनालाई संभावित ठगी भएको आशंका व्यक्त गरेका छन्।

🙏 नेपाली समुदायलाई सहयोगको अपिल

४० दिनसम्म पनि कुनै विश्वसनीय, आधिकारिक वा प्रमाणिक सूचना नआएपछि

परिवार अत्यन्तै चिन्तित र पीडित अवस्थामा छन्।

Khus Television News मार्फत

महाराष्ट्र, उडिसा, झारखण्ड, बिहार, छत्तीसगढ र आसपासका क्षेत्रमा बस्ने नेपाली समुदाय

लाई विशेष सहयोगको अपिल गरिन्छ।

यदि तपाईंले पिमलाल गौतम शर्मालाई कतै देख्नुभएको छ वा भेटिएको कसैले सुनेको भए—

👉 नजिककै प्रहरी कार्यालयमा तुरुन्त जानकारी दिनुहोस्

👉 वा तलका नम्बरमा परिवारलाई प्रत्यक्ष सम्पर्क गर्नुहोस्:

📞 परिवार सम्पर्क नम्बरहरू

📱 8178146158

📱 8606836572

📞 समाचार समन्वय – Khus Television News

📱 +91 8699181244

🎥 YouTube / Facebook Video Links (समाचारमा समावेश गर्न मिल्ने)

 

YouTube Shorts:

 

YouTube Full Video:

 

Facebook Video:

https://www.facebook.com/share/v/1A1wsiJfvH/

 

Facebook Page Invite:

https://www.facebook.com/share/1DAXwSKUXQ/

 

Related Articles

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button
error: Content is protected !!