दाङ तुलसीपुरमा ट्याक्टर दुर्घटना — दुई किशोरको मृत्यु, चालकसहित तीन जना नियन्त्रणमा
📺 [मुख्य समाचार]
दाङको तुलसीपुरमा आज बिहान एक दुखद ट्याक्टर दुर्घटना भएको छ जसमा दुई किशोरको ज्यान गएको छ।
इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार, दुर्घटनामा परी ज्यान गुमाउनेमा तुलसीपुर–१७ निवासी अन्दाजी १४ देखि १५ वर्षका सविन भण्डारी र सोही ठाउँका १६ देखि १७ वर्षका मनोज रोका रहेका छन्।
दुर्घटना आज बिहान करिब ११ बजे तुलसीपुर–७ मोतिपुरस्थित हात्तिखौवा ओरालोमा भएको हो।रा. १ त. ३४७८ नम्बरको जाली बोकेको ट्याक्टर तुलसीपुरबाट बिजौरीतर्फ जाँदै गर्दा अनियन्त्रित भई पल्टिएको थियो।
गम्भीर घाइते भएका दुवै जनालाई तत्कालै राप्ती प्रादेशिक अस्पताल लगिएको थियो, तर उपचारकै क्रममा दिउँसो सवा १२ बजे दुबैको मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।उक्त दुर्घटनामा सामान्य घाइते भएका ट्याक्टर चालक तुलसीपुर–१७ मानपुर निवासी २६ वर्षीय सुरेश चौधरी, १५ वर्षीय धनबहादुर चौधरी र तुलसीपुर–१८ बिजौरी निवासी २६ वर्षीय प्रकाश चौधरीलाई प्रहरीले नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।
👉 [निष्कर्ष]
दुर्घटनाको कारण बारेमा विस्तृत अनुसन्धान भईरहेको र आवश्यक कानुनी प्रक्रिया अगाडि बढाइएको प्रहरीले जनाएको छ।
खुस टेलिभिजन न्यूज, सत्यको पक्षमा – जनताको अवाज





