टॉप न्यूज़
Trending

माया देवी फुलारा Max Hospital बाट सफल उपचारपछि डिस्चार्ज, INR १३,२०० सहयोग हस्तान्तरण

राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल भारत शाखा, चण्डीगढद्वारा संकलित सहयोग रकम अस्पतालमै हस्तान्तरण


चण्डीगढ | १४ फेब्रुअरी २०२६ | Khus Television News
भारतस्थित Max Hospital मा उपचाररत रहनुभएकी माया देवी फुलारा सफल उपचारपछि डिस्चार्ज भई स्वदेश नेपाल प्रस्थान गर्नुभएको छ। उहाँको उपचार सहयोगार्थ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल भारत शाखा, चण्डीगढद्वारा “माया देवी फुलारा बचाउ अभियान” सञ्चालन गरिएको थियो।
अभियानअन्तर्गत कुल INR १३,२०० संकलन गरी अस्पतालमै हस्तान्तरण गरिएको छ। यस अभियानमा संस्थाका पदाधिकारी तथा सदस्यहरूको सक्रिय सहभागिता रहेको थियो।
पूरा समाचार हेर्नुहोस् र Khus Television News लाई Subscribe गर्न नभुल्नुहोस्।
चण्डीगढ | १४ फेब्रुअरी २०२६ | Khus Television News
भारतस्थित Max Hospital मा उपचाररत रहनुभएकी माया देवी फुलारा सफल उपचारपछि डिस्चार्ज भई स्वदेश नेपाल प्रस्थान गर्नुभएको छ। उहाँको उपचार सहयोगार्थ राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल भारत शाखा, चण्डीगढद्वारा “माया देवी फुलारा बचाउ अभियान” सञ्चालन गरिएको थियो।
उक्त अभियान संस्थाका अध्यक्ष अमर वली, प्रथम उपाध्यक्ष सुमित्रा भुजेल, सचिव लालबीर के.सी., कोषाध्यक्ष शोभा राम वली तथा निवर्तमान अध्यक्ष ललित गिरीज्यूको विशेष पहलमा सञ्चालन गरिएको हो। उहाँहरूको नेतृत्वमा संस्थाका सम्पूर्ण सदस्यहरूले स्वेच्छिक आर्थिक सहयोग प्रदान गर्नुभएको थियो।
अभियानअन्तर्गत कुल INR १३,२०० (तेह्र हजार दुई सय रुपैयाँ मात्र) संकलन गरिएको संस्थाले जनाएको छ। संकलित रकम कोषाध्यक्ष शोभा राम वलीद्वारा व्यवस्थापन गरिएको थियो। साथै प्रथम उपाध्यक्ष सुमित्रा भुजेल र सदस्य टोपलाल चौहानज्यू अस्पतालमै पुगेर उक्त सहयोग रकम हस्तान्तरण गर्नुभएको हो।
सहयोगकर्ता नामावली तथा योगदान रकम (भारतीय रुपैयाँ):सहयोगकर्ता नामावली तथा पद सहित योगदान रकम (INR)
अमर ओली – अध्यक्ष – 1,100
नेहारिका शर्मा – प्रथम महिला उपाध्यक्ष – 1,100
सीता शर्मा – महिला उपाध्यक्ष – 1,100
लालबीर के.सी. – सचिव – 1,100
रोसन सिंह – साधारण सदस्य – 1,100
भीम प्रसाद शर्मा – कार्यसमिति सदस्य – 2,100
हरि खरेल – सल्लाहकार – 151
अम्बिका अर्जेल – कार्य सदस्य – 1,100
नरेश जोशी – निवर्तमान कार्यसदस्य – 600
कृष्णा राम्जा – नयाँ सदस्य / गायक – 300
रिसिराम आमगाइ – कार्य सदस्य – 351
रवि गिरी – सदस्य (नारकण्डा, हिमाचल प्रदेश) – 201
अनन्या चौहान – सहयोगी – 101
शोभा राम वली – कोषाध्यक्ष – 596
ललित गिरी – निवर्तमान अध्यक्ष – 1,100
टोपलाल चौहान – नयाँ सदस्य – 1,100
🔸 कुल सहयोगकर्ता: १६ जना
🔸 कुल संकलित रकम: INR १३,२००
कुल सहयोगकर्ता: १६ जना
कुल संकलित रकम: INR १३,२००
सहयोग हस्तान्तरण स्थान: Max Hospital, भारत
अभियान सञ्चालन संस्था: राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाल भारत शाखा, चण्डीगढ
यस अभियानमा सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी महानुभावहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दै माया देवी फुलाराको पूर्ण स्वास्थ्य लाभको कामना गर्दछौँ।


– Khus Television News
Maya Devi Phulara
Max Hospital Delhi
Nepali in India
Chandigarh Nepali News
National Lok Dohori Pratisthan
Nepal India Branch Chandigarh
Medical Support News
Khus Television News
Nepali Community India
INR 13200 Support
Nepali Social Campaign
Hospital Discharge News
Nepali Viral News
Nepali Charity News
Nepali Samachar

Related Articles

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button
error: Content is protected !!