टॉप न्यूज़

२७ वर्षदेखि बेपत्ता विरबहादुर बर्मेलीको खोजीमा परिवारको भावुक अपील

हिमाचल प्रदेशको कुल्लु–मनाली क्षेत्रमा ‘विरबहादुर थापा’ नामले बसोबास गरेको सूचनाअनुसार खोजीमा सहयोग माग

२७ वर्षदेखि बेपत्ता विरबहादुर बर्मेलीको खोजीमा परिवारको भावुक अपील हिमाचल प्रदेशको कुल्लु–मनाली क्षेत्रमा ‘विरबहादुर थापा’ नामले बसोबास गरेको सूचनाअनुसार खोजीमा सहयोग मागपूर्वखोला गाउँपालिका–विरकोटका निवासी बुवा नरविर बर्मेलीका छोरा विरबहादुर बर्मेली, जसले भारतमा “विरबहादुर थापा” नाम प्रयोग गर्ने गरेको भनाइ छ, करिब २७ वर्षदेखि बेपत्ता रहेको उनका परिवारले जानकारी गराएका छन्।पहिले दिल्लीमा काम गरेका उनी वि.सं. २००० सालतिर हिमाचल प्रदेश, कुल्लु–मनालीको पत्लिचौकी क्षेत्रमा बसोबास गर्दै काम गरेको खबर आएको थियो। अहिले उनको उमेर ६५ वर्ष पुगेको छ, तर लामो समयदेखि कुनै सम्पर्क नआएपछि परिवार अत्यन्त चिन्तित रहेको छ।यसैले कुल्लु–मनाली तथा आसपासका क्षेत्रमा बस्ने नेपाली दाजुभाइ–दिदीबहिनी, समाजसेवी, संस्थाहरू, पत्रकार तथा भारतीय नेपाली समुदायलाई सहयोगका लागि अनुरोध गरिएको छ।यदि विरबहादुर बर्मेली (वा “विरबहादुर थापा”) को बारेमा कुनै जानकारी भएमा, कृपया तुरुन्तै Khus Television Media वा परिवारलाई सूचना दिन सकिन्छ Khus Television Newsखुस टेलिभिजन मिडिया — विशेष समाचार रिपोर्ट

मिति: २०८२ मङ्सिर १० गते
ग्रेगोरियन मिति: November 26, 2025
स्थान: चण्डीगढ, भारत

चण्डीगढ, भारत —
आज खुस टेलिभिजन मिडियाले आफ्नो आधिकारिक सम्पर्क नम्बर सार्वजनिक गरेको छ। मिडियाले जनाएको अनुसार समाचार, सूचना तथा सार्वजनिक सहयोगसम्बन्धी कुनै पनि महत्वपूर्ण जानकारीका लागि अब दर्शक, शुभेच्छुक तथा आम नागरिकहरूले नयाँ सार्वजनिक गरिएको नम्बरमार्फत प्रत्यक्ष सम्पर्क गर्न सक्नेछन्।

यसैक्रममा, हिमाचल प्रदेश क्षेत्रमा ‘बिरबहादुर थापा’ भनेर चिनिने व्यक्ति सम्बन्धी खोज तथा जानकारी संकलन कार्य पनि जारी रहेको खुस टेलिभिजनले जनाएको छ। यदि कसैले बिरबहादुर थापा बारे कुनै प्रत्यक्ष जानकारी राख्नुहुन्छ भने तुरुन्तै आधिकारिक वा परिवारको सम्पर्कमा जानकारी दिन अनुरोध गरिएको छ।


📞 खुस टेलिभिजन मिडिया — आधिकारिक सम्पर्क

फोन/WhatsApp (भारत): +91 8699181244
Email: jaruratkhabarsm@gmail.com
Website: www.khustelevision.in


👨‍👩‍👦 परिवार सम्पर्क (बिरबहादुर थापाको पक्षबाट)

धनबहादुर बर्मेली (भतिजा – दाइका छोरा), पाल्पा
📞 नेपाल नम्बर: +977 9867291515
📞 WhatsApp: +977 9857076515

परिवारले बिरबहादुर थापाको अवस्थाबारे विश्वस्त जानकारी अत्यन्त जरुरी रहेको बताउँदै, जो–कसैले पनि भेट, चिनजान वा प्रत्यक्ष जानकारी पाए तत्काल सम्पर्क गरिदिनुहुन हार्दिक अनुरोध गरेको छ।


रिपोर्टर:

म सोभा राम वली,
खुस टेलिभिजन मिडिया,
चण्डीगढ, भारत 26 November 2025

Related Articles

जवाफ लेख्नुहोस्

तपाईँको इमेल ठेगाना प्रकाशित गरिने छैन। अनिवार्य फिल्डहरूमा * चिन्ह लगाइएको छ

Back to top button
error: Content is protected !!