Khus Television News – विशेष रिपोर्टBREAKING NEWS:चर्चित नेपाली लोकदोहोरी गायक खेम सेन्चुरी अचानक स्वास्थ्य समस्याका कारण अस्पतालमा भर्ना हुनुभएको छ।सूत्रका अनुसार, गायक सेन्चुरी क्यानाडा सांगीतिक यात्राका लागि प्रस्थान गर्न तयारी अवस्थामा हुनुहुन्थ्यो। तर उडान अघि अचानक स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल काठमाडौँको सिनामंगलस्थित KMC अस्पताल लगिएको हो।अस्पताल स्रोतले जनाए अनुसार, प्रारम्भिक उपचारपछि उनको स्वास्थ्यमा सुधार हुँदै गएको छ। चिकित्सकको
सल्लाहअनुसार, उहाँलाई केही दिन पूर्ण आराम गर्न भनिएको छ।यस घटनाका कारण, अगष्ट ९ मा क्यानाडामा हुने “हिमालयन मेला” कार्यक्रममा उनको सहभागिता अनिश्चित बनेको छ। बाँकी कार्यक्रमहरूमा सहभागिता सम्बन्धी निर्णय स्वास्थ्य अवस्था हेरेर गरिन